काठमाडौं,जेठ २३ –आज बिहान २ बजेर ३३ मिनेटमा सिन्धुपाल्चोक र तिब्बतको सिमा क्षेत्र केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्पन गएको छ । यो झण्डै १२ घन्टापछि गएको परकम्पन हो । यसअघि शुक्रबार दिउँसो २ बजेर १६ मिनेटमा काठमाडौं केन्द्रविन्दु भएर ४ रेक्टर तथा १० बजेर २ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्पन गएको थियो । बैशाख १२ गतेदेखि अहिलेसम्म ४ म्याग्नेच्युटन्दा बढीका ३ सय वटा परकम्पन गैसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार अहिलेपनि ४ रेक्टर स्केल मुनिका दैनिक २ सय भन्दा बढी परकम्प गइरहेका छन् ।
पछिल्ला दिनहरुमा पराकम्पनको क्रम घटेकोले बिस्तारै पराकम्पन आउने क्रम रोकिने अनुमान गरिएको छ ।