काठमाडौं,जेठ २३ –भारतको तमिलनाडुमा चौधरी ग्रुपको उत्पादन वाइवाइ चाउचाउको बिक्री वितरणमा रोक लगाइएको छ । ३ महिनाका लागि तमिलनाडु राज्यले वाइवाइ चाउचाउ बिक्री वितरणमा रोक लगाएको हो । म्यागीमा प्रतिबन्ध लागेसँगै अन्य तीन चाउचाउ वाइवाइ, एक्सप्रेस नुडल्स,रिलायन्स सेलेक्ट इन्स्ट्यान्ट नुडल्स र जोन्स चिकेन्स मसला नुडल्समा प्रतिबन्ध लगाइएको हो । सिक्किम सरकारले पनि वाई वाईमा गुणस्तर जाँच गर्न मातहतका निकायलाई निर्देशन दिईसकेको छ ।