काठमाडौं, जेष्ठ २२ । धावनमार्ग मर्मत गर्नुपर्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार बिहान हुने अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका छन् ।
अन्तर्राष्ट्रिय उडानतर्फको धावनमार्ग सामान्य मर्मत गर्नुपर्ने भएपछि शुक्रबार बिहान ७ देखि १० बजेसम्मको लागि अन्तर्राष्ट्रिय उडान तथा अवतरण बन्द गरिएको हो ।
विमानस्थलका महानिर्देशकवीरेन्द्रप्रसाद श्रेष्ठका अनुसार धावनमार्गमा आवश्यक मर्मत–सम्भारको काम अबको केही सयमै सम्पन्न हुनेछ ।शुक्रबार बिहान १० बजेपछि भने अन्तर्राष्ट्रिय उडान तथा अवतरण नियमित हुने श्रेष्ठको भनाइ छ ।