काठमाडौं, जेठ २१ –भूकम्पपीडितको सहायतार्थ सञ्चालित प्रधामन्त्री दैवी प्रकोप उद्धार कोषमा आजसम्म चार अर्ब ४७ करोड ४६ लाख २३ हजार सात सय २४ दाखिला भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उक्त कोषमा बुधबार स्वदेशी तथा विदेशी व्यावसायिक प्रतिष्ठान एवम् व्यक्ति गरी २८ सङ्संस्थाबाट तीन करोड ८५ लाख ३० हजार चारसय ९१ दाखिला भएको छ ।