काठमाडौं, जेठ २१ – काठमाडौं उपत्यका र आसपासको क्षेत्रमा अहिले पानी परेको छ । तर ठूलो पानी पर्ने संभावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद् वरुण पौडेलका अनुसार केहीबेर पानी परेपछि मौसम खुल्ने संभावना छ ।

भारतको मध्य प्रदेशमा उत्पन्न जलवाष्पयुक्त हावा र पश्चिम वायुको प्रभावका कारण मौसम बदली भएको उहाँले बताउनुभयो । उहाँका अनुसार आज मध्य र पश्चिमको पहाडी क्षेत्र र पूर्वमा क्षणिक वर्षा हुनेछ । मौसम बदली भएसँगै अघिल्ला दिनको तुलनामा आज केही शितल भएको छ । तर तापक्रम भने नघट्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् पौडेलले अहिलेको अवस्था हेर्दा मनसुन भित्रन अझै केहि दिन  लाग्ने  अनुमान गरिएको बताउनुभयो ।