नेपाल बंगलादेश बैंकको बचत खातावालाहरुलाई दिंदै आएको दुर्घटना बीमा सुबिधा अन्तर्गत भैंसेपाटी शाखाका ग्राहक स्व. श्री तरिम काजी डँगोलको बीमा रकम रु. ५,००,०००।— को चेक मृतककी श्रीमती अष्ट माया डंगोललाई बैंकका नायब महाप्रबन्धक श्री सुरेन्द्र भुषण श्रेष्ठले प्रदान गर्नुभएको छ ।

बैंकले आपmना बचत खातावालहरुलाई दुर्घटना बीमा सुबिधा दिंदै आएको जनाएको छ । उक्त सुबिधा अन्र्तगत खातावालहरुको दुर्घटनामा मृत्यु भएमा खातामा भएको मौजदातको दोब्बर तथा बढीमा ५ लाखसम्म रकम भुक्तानी गरिने जनाएको छ ।

यो सुबिधा पाउने ग्राहकहरुको बीमाको प्रिमियम पनि बैंक आफैंले नै ब्यहोर्ने जनाएको छ । बैंकले ग्राहकहरुको सुखमा मात्र नभई दुःखमा पनि साथ दिने अभिप्रायले सहानुभूति साथै आर्थिक सहयोगलाई ुखद घडीमा केही हदसम्म भएपनि निरन्तरता दिंदै जाने बैंकका महाप्रबन्धक श्री सुरेन्द्र भुषण श्रेष्ठ दैनिकलाई जानकारी दिए ।