२० जेठ,काठमाडौं ।महाभूकम्पका कारण एक महिनापछि सारिएको कक्षा १२ को परीक्षा आजबाट सुचारु  भएकाे छ । भूकम्पबाट  बढी प्रभावित ७ जिल्ला बाहेकका स्थानमा परीक्षा हुन लागेको हो । परीक्षा बिहान ७ देखि १० बजेसम्म हुँदैछ । भूकम्पबाट बढी प्रभावित गोरखा, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछाप गरी सात जिल्लामा भने केही समयपछि हुनेछ । यी जिल्लाबाहेक भूकम्पबाट परिवारका सदस्य गुमाएका तथा विशेष परिस्थितिमा गुज्रिएका विद्यार्थीले समेत प्रमाणका आधारमा पछि परीक्षा दिन पाउने छन् ।