काठमाडौं, जेष्ठ १९ – राजस्व संकलनमा गिरावट आउने भए पनि आन्तरिक ऋण र वैदेशिक सहायता बढ्ने भएकाले आगामी आर्थिक वर्ष बजेटको आकार ८ खर्ब नाघ्ने भएको छ।
राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका अनुसार बजेटको आकार ८ खर्ब नाघ्ने भएको हो। दुवै निकायले ८ खर्ब रुपैयाँ नजिक रहेर आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटेका छन्। ‘मैले तथ्यांकहरू हेर्न पाएको छैन। राष्ट्रिय योजना आयोगले भूकम्प जानुअघि नै आगामी आर्थिक वर्षको बजेटको आकार (सिलिङ) ७ खर्ब ३५ अर्ब ४७ करोड रुपैयाँको बनाउने निर्णय गरिसकेको छ। ५ खर्ब १२ राजस्व उठ्न सक्ने लक्ष्य निर्धारण गरी बजेटको सिलिङ तय भएको हो।
तर भूकम्पपछि आर्थिक गतिविधि घट्ने भएकाले आगामी आर्थिक वर्षमा राजस्व संकलन ५० अर्ब रुपैयाँ लक्ष्य घटाउने तयारी अर्थले गरिसकेको छ। उक्त आधारमा ४ खर्ब ६० अर्ब रुपैयाँ मात्रै राजस्व संकलन हुने देखिन्छ। तर सकारले आन्तरिक ऋण, दातृ निकायको सहायता बढी आउने निष्कर्ष निकाल्दै बजेटको सीमा बढाउने तयारी भएको हो। आयोगका सदस्य चन्द्रमणि अधिकारीका अनुसार बजेटको आकार झन्डै साढे ८ खर्ब रुपैयाँ पुग्न सक्छ।