काठमाडौ, जेष्ठ १८ – सरकारले महाभूकम्पपछि राहत सामग्रीमा दिँदै आएको भन्सार र भ्याट छुट शुक्रबारदेखि हटाउने भएको छ। राहतमा कर छुटको दुरुपयोग गर्दै अन्य सामग्रीसमेत भित्रिन थालेपछि यसमा कडाइ गर्न लागिएको हो।

‘सरकारले अब आउने राहत थप व्यवस्थित गर्न लागेको छ,’ भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले भने,‘सरकारले नै सिफारिस गरेर सम्बद्ध निकायबाट वितरण गर्नेबाहेक अन्यमा शुल्क लाग्ने गरी कार्यविधि तय हुँदैछ।’गैरसरकारी क्षेत्रले राहत ल्याउँदा बढी बदमासी भएको सरकारी अधिकारीहरूको भनाइ छ। सरकारले राहतको सूची प्रकाशन गरीतोकिएको बाहेकका सामान ल्याउन नपाइने व्यवस्था गरे पनि त्यसमा छली हुन थालेपछि छुटको व्यवस्था हटाएको हो।