इस्लामाबाद: पूर्वी र उत्तरपश्चिमी पाकिस्तानमा मङ्गलबार भूकम्प गएको अधिकारीले जानकारी दिएका छन् । सो भूकम्प ५.७ रेक्टर स्केलको मापन गरिएको बताइएको छ ।
 सो भूकम्प स्थानीय समयाअनुसार मङ्गलबार बिहान ३:०७ मा गएको जनाइएको छ । पाकिस्तानको मौसम विज्ञान सम्बन्धी विभाग  पीएमडी का अनसुार सो भूकम्पको केन्द्रबिन्दु अफगानिस्तान र ताजीकिस्तानको सीमाक्षेत्रमा रहेको जनाइएको छ ।
 यस भूकम्पको कारण नागरिकहरूमा त्रास उत्पन्न भएको जनाइएको छ । यद्यपि यस भूकम्पपछि मानवीय र सम्पत्ति क्षतिको भने कुनै समाचार प्राप्त नभएको अधिकारीहरूले जनाएका छन् ।