१४ असार, काठमाडौ ।सर्वोच्चले निजी कम्पनीलाई अस्पताल हातामा फार्मेसी खोल्न नदिन स्वास्थ्य मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको छ ।अस्पतालमा आफ्नो फार्मेसी सञ्चालन गरी सरकारबाट घोषित निःशुल्क औषधि वितरणको व्यवस्था गर्नुपर्ने आदेश सर्वोच्चले दिएको हो ।
न्यायाधीशहरु वैद्यनाथउपाध्याय र दीपकराज जोशीको संयुक्त इजलासले निःशुल्क औषधि वितरणको सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागका नाममा आदेश जारी गरेको हो ।
२५ कात्तिक २०७० मा सरकारले ७० प्रकारका औषधि निःशुल्क वितरण गर्न घोषणा गरेको थियो । तर, हालसम्म पनि कार्यान्वयन भएको छैन ।सर्वोच्चले घोषित निःशुल्क औषधि सबै अस्पतालबाट वितरणको व्यवस्था नभएसम्म निजी कम्पनीलाई फार्मेसी खोल्न नदिन आदेश दिएको हो ।