परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले प्राविधिक एसएलसीको नतिजा आइतबार सार्वजनिक गरेको छ।
एसएलसी नतिजा सार्वजनिक भएको एक सातापछि प्राविधिकतर्फको पनि नतिजा आइतबार सार्वजनिक भएको हो। परीक्षा नियन्त्रण कार्यालयका अनुसार ए प्लस ग्रेडमा २१५ जना उत्तीर्ण भएका छन् । ए ग्रेडमा ७७९, बीमा २१३१ सीमा १२४ डीमा १ जना उत्तीर्ण भए । ई ग्रेड कसैले पाएनन् ।
डी र ई ग्रेड ल्याएका विद्यार्थीले ग्रेड चित्त नबुझेकाे विषयमा फेरि परीक्षा दिन पाउने छन् । पुरक परीक्षा साउन २० गतेदेखि सुरु हुने छ । कार्यलयले पहिलोपटक ग्रेडिङ पद्धतिमा नतिजा निकालेको हो ।

विद्यार्थीको प्राप्ताङ्कका आधारमा ९० देखि १०० प्रतिशतको बीचमा अंक ल्याउने विद्यार्थीलाई ‘ए प्लस’, ८० देखि ८९ सम्म ल्याउनेलाई ‘ए’, ६० देखि ७९ प्रतिशत ल्याउनेलाई ‘बी’, ४० देखि ५९ ल्याउनेलाई ‘सी’, २५ देखि ३९ ल्याउनेलाई ‘डी’ ग्रेड र २५ भन्दा कम ल्याउनेले ‘ई’ ग्रेड पाउनेछन्। परीक्षा दिएकामध्ये दुई हजार ३७ जना छात्र र एक हजार २ सय ५१ छन्। नतिजा डी र ई आएका विद्यार्थीले  ग्रेड चित्त नबुझेकाे विषयमा फेरि परीक्षा दिन चाहेमा सक्ने व्यवस्था रहेको परीक्षा नियन्त्रका द्वारेले जानकारी दिए।

यस वर्ष ३ हजार २ सय ८८ विद्यार्थीले प्राविधिक एसएलसी दिएको कार्यालयले जनाएको छ।