सङ्खुवासभा : यार्सा खोज्न गएका दुईजनाको लेक लागेर मृत्यु भएको छ । मकालु वरुण राष्ट्रिय निकुञ्जमा यार्सा खोज्न गएका माङ्तेवा–८ का पर्वलाल कुलुङ र ताम्कु–९ का हस्तबहादुर कुलुङको लेक लागेर मृत्यु भएको हो ।
स्थलगत
अनुगमनमा
पुगेका
सहायक
वन
अधिकृत
(रेञ्जर)
मन्जीत
विष्टका
अनुसार
यार्सा
खोज्न
गएका
उनीहरुको
तीन
हजार
पाँच
सय
मिटर
उचाईको
ताम्कु
सेक्टरको
सौर्यदोबाटोमा
मृत्यु
भएको
हो
।
यो
स्थान
दुर्गम
भएकाले
घटनाको
जानकारी
ढिलो
भएको
फिल्डबाट
खाँदबारी
फर्केका
सहायक
वन
अधिकृत
बिष्टले
बताए
।
उनका अनुसार पर्वलालको असार ५ गते र हस्तबहादुरको गत असार १० गते मृत्यु भएको हो । संखुवा शिर, ताम्कु, मेरापिक आधारशिविर, मकालुको खोङमा,दोभाटे, ठुलोपोखरी र सानोपोखरीक्षेत्रमा यार्सा पाइन्छ ।
यस क्षेत्रमा निकुन्जले जेठ र असारमामात्र यार्सा सङ्कलनको अनुमति दिने गरेको छ । यार्सागुम्बा खोज्न वर्षेनी सयौं जाने गरे पनि लेक लागेर मृत्यु भएको यो घटना पहिलो हो । प्रहरीले भने घटनाबारे जानकारी नआएको जनाएको छ ।