मुम्बई । पोर्नबाट बलिउड कलाकारसम्मको यात्रा गरिसकेकी सन्नी लियोनीको अझै पनि पोर्न व्यापारमा कनेक्शन रहेको खुलासा भएको छ । उनी सेक्स टायज जस्ता पोर्न फिल्म उत्पादक अनलाइनबाट विक्री गर्ने कम्पनी (ImBesharam)को ब्राण्ड ​ऐम्बेसडर रहेको खुलासा भएको हो ।

ब्राण्ड एम्बेसडर भनेको उक्त कम्पनीको प्रचार प्रसार गर्नु हो । पहिला पनि सन्नी यो कम्पनीमा ब्राण्ड एम्बेसडर थिईन्, यद्यपी त्यति बेला उनी अहिलेको जस्तो चर्चित भने थिईनन् ।

सन्नी लियोनीले पछिल्लो दिनहरुमा यो बयान दिएकी छिन् कि उनी बलिउडमा एक्सपोज गर्न चाँहदिनन्, बल्कि आफ्नो ऐक्टिङको तागत देखाउन चाँहन्छिन् । उनले भनेकी थिईन्–‘पुरानो पोर्न दुनियाँसँग अब उनको कुनै सम्बन्ध छैन् ।’ तर यो भनाई झुटो सावित भएको छ ।

खबर अनुसार सेक्स टायज जस्तो वस्तुमा चर्चित मानिने राज अरमानीको यो कम्पनीसँग सन्नीले सम्झौता गरेर आफ्नो कार्यकाल फेरि थपेकी छिन् । सन्नीले अभिनय गरेका पोर्न भिडियो हेर्न अरमानी कम्पनीको वेवसाइट (ImBesharam)बाट प्रक्रिया पूरा गर्नुपर्छ ।

बलिउडमा पाइला राख्नु भन्दा पहिला यो कम्पनीसँग उनको सम्झौता १० हजार डलर (६ लाख ३५ हजार रुपैयाँ)मा भएको थियो जबकि अहिलेको सम्झौतामा हिन्दी फिल्म इण्डस्ट्रीमा चर्चित हुनाले सन्नीलाई करिब २ करोड रुपैयाँ पाइएको छ । यद्यपी, अरमानीलाई सन्नीको यो सम्झौतामा कुनै गुनासो छैन् र यो रकम दिन उनी तयार छन् ।

कम्पनीका फाउण्डर अरमानी भन्छन्-२५०० देखि ४००० सम्मको मूल्यका यी पोर्न भिडियोको माग बलिउडका कलाकार, भारतका सरकारी अधिकारीहरुका साथै दिल्ली र मुम्बईका रिहायशी इलाकामा धेरै छ । जसमा सन्नी लियोनीले पनि अभिनय गरेकी छिन् ।-एजेन्सी