काठमाडौं,असार १३। सामान्यतया पहिले नै बनाएको खाना फेरि खानका लागि ताजा बनाउनु  तताउने गरिन्छ । तर, चिसो भइसकेका कतिपय खानेकुरा फेरि तताएर खानु स्वास्थ्यका लागि निकै हानिकारक हुन सक्छन् ।
खानालाई पटकपटक तताउँदा त्यसमा रहेको पौष्टिक तत्वको नाश मात्रै हुने नभइ कतिपय अवस्थामा रसायनिक प्रतिक्रिया समेत भएर हानिकारक तत्वमा बदलिन सक्छन् ।
पालक– पालकमा नाइट्रेट नामक तत्व हुन्छ ।  जुन तताउँदा विषाक्त तत्वका रुपमा बदलिन सक्छ ।
सलगम यसमा नाइट्रेटको मात्रै धेरै हुन्छ । जुन शरीरका लागि राम्रो मानिन्छ । तर, यसलाई फेरि तताउँदा यो हानिकारक तत्वमा बदलिने संभावना हुन्छ ।
अण्डा अण्डालाई धेरै तापक्रममा ततायो भने विषालु पदार्थ भइदिन सक्छ । त्यसैले एकपल्ट गरम पानीमा उमालेको अण्डालाई फेरि ततोपानीमा उमालेर तताउनु हुँदैन । यसरी खाँदा पेट बिग्रिने संभावना अधिक रहन्छ ।
मसरुम मसरुम लामो समय चिसोमा राखेको खाँदै नखाँदा राम्रो हुन्छ । यो धेरै सेन्सेटिभ तरकारी हो । यसमा प्रोटिनको मात्रा उच्च हुन्छ । जुन चिसो भइसकेर फेरि तताउँदा बिग्रिने डर असाध्यै धेरै हुन्छ ।
चिकेन मान्छेहरु चिकेन फेरि तताएर खान खुब रुचाउछन् तर, यसमा प्रोटिनको मात्रा धेरै हुने भएकाले चिसोबाट फेरि गरम बनाउँदा प्रोटिन टक्सिस नामक तत्वमा बदलिन सक्छ ।
आलु आलु स्वास्थ्यका लागि असाध्यै राम्रो मानिन्छ । तर, यसलाई पकाएर लामो समय फ्रिजमा राखेर फेरि तताउँदा भने हानिकारक हुन सक्छ ।  किनभने यसमा रहेको पोषक तत्व विषाक्त तत्वका रुपमा बदलिन सक्छ ।