भोजपुर असार १३ । : भोजपुरको धोद्लेखानी गाविसका गाविस सचिव गोपाल चिमरिया झुण्डिएको अवस्थामा भेटिएका छन् । मोरङ घर भएका चिमरिया शनिबार विहान गाविस कार्यालयभित्रै झुन्डिएको अवस्थामा स्थानीयले फेला परेका  हुन् ।

सचिव चिमरिया करिब ६ महिनाअघि निजामति सेवामा प्रवेश गरेर धोद्लेखानीको गाविस सचिव भएका थिए ।

कार्यालय सहयोगी सीताराम ढकालका अनुसार शुक्रबार दिउँसो १ बजेतिर गाविसमा काम छ भनेर हिँडेका चिमरिया बेलुका कोठामा नफर्किएपछि विहान खोजी गर्दा कार्यालयभित्र झुन्डिएर मृत्यु भएको भेटिएका हुन् ।

स्थानीयले घटनाबारे प्रहरीलाई खबर गरेका छन् । घटनाको कारणबारे घटनास्थल गएर विस्तृत बुझेपछि मात्र थाहा हुने प्रहरीले जनाएको छ ।