१२ असार, काठमाडौं । एकदिवसिय क्रिकेटका नियममा परिवर्तन गरिएको छ । बारबाडोसमा शुक्रबार भएको आइसिसिको बैठकले मुख्य नियममा परिवर्तन गरेको हो । परिवर्तित नियमानुसार अब हरेक प्रकारको नो बलमा फ्रि हिट दिइने भएको छ । पहिला ओभरस्टेपिङमा मात्रै फ्रि हिट दिइन्थ्यो । त्यस्तै अव खेलको ४१ देखि ५० ओभर विचको समयमा ३० यार्ड सर्कल बाहिर ५ जना फिल्डर राख्न पाइने छ भने १५ देखि ४० ओभर भित्र दिइने ब्याटिङ पावर प्ले लाई हटाइएको छ ।
पछिल्लो समय एकदिवसिय खेलका नियमहरु ब्याटिङ अनुकुल भएको गुनासो बढिरहँदा नयाँ नियमले बलरलाई फाइदा पुग्ने विश्वास राखिएको छ । परिवर्तित नियम जुलाइ ५ तारिख देखि लागु हुनेछन् ।