९ असार, काठमाडौ ।भारत र बंलादेशबीचको तीन एक दिवसीय सिरिजको तेस्रो तथा अन्तिम म्याच बुधबार हुँदैछ ।  तीन एक दिवसीयको सिरिज बंलादेशले २–० ले आफ्नो पक्षमा पारिसकेको छ ।  भारत तेस्रो तथा अन्तिम खेलमा जित निकाल्दै सिरिज क्लिन स्वीप हुनबाट जोगाउने रणनीतिका साथ मैदान उत्रनेछ । बंगलादेश भने तेस्रो म्याच पनि जित्दै सिरिज क्लिन स्वीप गर्ने दाउमा हुनेछ । पहिलो एक दिवसीयमा ७९ रनले पराजित भएको भारतले दोस्रो म्याचको नतिजा पनि ६ विकेटको हारसँगै बंगलादेशलाई सुम्पिएको थियो ।यसअघि भएको एक मात्र टेस्ट म्याचमा पनि भारत पराजित भएको थियो ।-एजेन्सी