९ असार, काठमाडौ ।उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ र १२ को अध्ययन अध्यापन गराउने अनुमति लिएका ७२ उच्च मावि खारेज गरेको छ । ति उच्च माविहरुलाई कक्षा ११ का विद्यार्थी भर्ना नगर्न र नगराउन भनिएको छ ।

सम्वधन शाखा प्रमुख गोबिन्द खनियाले उच्च माध्यमिक शिक्षा नियमावली २०५२ को नियम ७ र सम्बन्धनसम्बन्धी विनियम २०५५ को विनियम ६.१ बमोजिम आउँदो साउन १ गतेदेखि लागु हुने गरी सम्बन्धन खारेज गर्न लागिएको जानकारी दिए ।

‘कक्षा सन्चालनको अनुमति लिएका तर २-३ बर्षदेखि कक्षा सन्चालन नगरेका उच्च माविको संख्या देशभरमा ७२ वटा छन् । तिनिहरुलाई स्पष्टिकरण पेश गर्न १५ दिनको समयसीमा दिएका छौं,’ खनियाले भने, ‘चित्तबुझ्दो प्रमाण नल्याए स्वतः खारेज हुनेछन् ।’

सबैभन्दा धेरै काठमाडौं र ललितपुरका

सम्बन्धन खारेज हुनेमा सबैभन्दा धेरै काठमाडौंका १७ उच्च मावि छन् । त्यसैगरी ललितपुरका १० र  भक्तपुरका २ वटा छन् । यस्तै मोरङका ६, मकवानपुर र चितवनका ४-४ तथा झापाका ३ उच्च मावि खारेज भएका छन् । धनुषा, नवलपरासी र तनहुँका २-२ वटा उच्च मावि परिषदले खारेज गरिदिएको छ ।

इलाम, सर्लाही, दोलखा, काभ्रेपलाञ्चोक, पर्सा, बारा, उदयपुर, सिरहा, स्याङ्जा, लम्जुङ, कपिलवस्तु, रुपन्देही, प्यूठान, रुकुम, बाँके, बर्दिया, सुर्खेत र कैलाली जिल्लाका १-१ वटा उच्च माविको सम्बन्धन खारेज भएको छ ।

हेर्नुहोस् सम्बन्धन खारेज हुन लागेका उच्चमाविको सूचीको निम्ती तल दिएको लिंककमा क्लिक गर्नुहोस्

college cancel list