८ असार, काठमाडौं ।अहिले अमेरिकामा रहेकी नायिका रेखा थापाले नेपालमा हुने कुनै पनि फिल्मी अवार्डमा रेखा फिल्म्सवाट निर्मित सिनेमाले भाग लनिने घोषणा गरेकी छिन् ।आयोजकले मनपरी शैलिले अवार्ड प्रदान गरेका कारण वर्षका कतिपय हिट फिल्म अवार्डमा सहभागी नभएको उनको भनाई छ । उनको भनाई अनुसार आयोजकले मनपरी अवार्ड वितरण गर्दा सच्चा कलाकार, निर्माता, निर्देशकको अपमान भएको ठहरिन्छ ।’

निजी र सरकारी अवार्डमा पहुँच पुग्न छाडेपछि रेखा अवार्ड आयोजक संस्था बिरुद्ध क्रुद्ध हुन थालेकी छिन् । उनले आफ्नो व्यक्तिगत तथा आधिकारिक फेसबुकमा   एक स्टाटस लेख्दै उक्त घोषणा गरेकी हुन्।
rekha-statous