इदलाई लक्षित गरेर रिलिज मिति घोषणा गरिएको सलमान खानको फिल्म ‘बजरंगी भाइजानको ट्रेलर रिलिज भएको छ। फिल्ममा गल्तीले भारतमा छुटेकी बोल्न नसक्ने एक पाकिस्तानी बालिकालाई उसको परिवारसँग भेटाउन सलमानले गर्ने पाकिस्तान भ्रमणको कथा फिल्ममा रहेको छ।

फिल्मलाई यसअघि सलमानको बल्कबस्टर फिल्म ‘एक था टाइगर’  निर्देशन गरेका कबिर खानले निर्देशन गरेका हुन्। सलमान खान फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा सलमानका अलावा नवाजउद्दिन सिद्दिकी तथा करिना कपुरको मुख्य भूमिका रहेको छ।