तिलक गाउँले, नेपालगञ्ज ६ असार । एसएलसी परिक्षामा उतिर्ण हुन नसकेपछी बाँकेमा १ जना छात्राले आत्महत्या गरेकी छिन । बाँके बागेश्वरी ५ मनकामनापुर बस्ने होम बहादुर भण्डारीकी १७ बर्षिया छोरी सिता भण्डारीले एसएलसी पास हुन नसकेको भन्दै आफनै घरको पंखामा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

आत्महत्या गर्नुपुर्ब सुसाईड नोट लेखेकी उनले उक्त नोटमा आफनो बाबु आमाको सपना पुरा गर्न नसकेको बताएकी छिन । नेपाल राष्ट्रिय माबी मनकामनापुरबाट एसएलसीको परिक्षा दिईएकी भण्डारी बिज्ञान बिषयमा २ अंक नपुगेर फेल भएकी थिईन ।