काठमाडौं असार ६ । दुई नाबालककी आमा नेपाली महिला समिरा सिवाकोटीको हत्यामा संलग्न एक युवकलार्इ अमेरिकाको कोलोनीस्थित प्रहरीले पक्राउ गरेको छ ।
हत्यासहित विभिन्न चोरीमा घटनामा समेत संलग्न डियोन दिवान किंगस्टोनलाई कोलोनी पुलिस डिपार्टमेन्टले शनिबार पक्राउ गरेको हो ।
पक्राउ गरेपछि समिराको हत्याको घटनाबारे त्यहाँको प्रहरीले सम्पूर्ण विवरण सार्बजनिक गरेको समाचार अमेरिकाबाट सञ्चालित हिमायलय खबर अनलाइनले जनाएको छ ।
घटनापछि
विभिन्न
सुराकका
आधारमा
हत्यारालार्इ
पक्राउ
गर्न
सकिएको
प्रहरीको
भनाइ
छ
।
प्रहरीले
घटनाविवरण
सार्वजनिक
गरेपछि
समिराको
हत्या
गरेको
औपचारिक
आरोपसहित
अदालतमा
मुद्धाप्रक्रिया
अघि
बढाएको
छ
।समिराका
परिवारले
चलाउँदै
आएको
र्यापिडो
स्टोरमा
लुटपाट
गरेपछि
ती
युवाले
उनीमाथि
गोली
हानेका
थिए
।
टाउको
हानिएको
गोली
लागेर
समिराको
तत्कालै
ज्यान
गएको
थियो
।
समिराका हत्यारा पक्राउ परेपछि उनका पति नवराज सिवाकोटीले पत्नीको आत्माले शान्ति पाउने प्रतिक्रिया दिए ।
समिराको हत्यापछि किंगस्टोन छिमेकमा लुकेका पाइएको छ । समिराको हत्याराबारेमा सूचना दिनेलाई अमेरिकन प्रहरीले १० हजार डलर पुरस्कार घोषणा गरेको थियो ।
त्यहाँस्थित
प्रहरीले
हत्यारा
पक्राउ
गर्न
एफबीआई
र
अन्य
जासुसी
संयन्त्र
र
छिमेकी
राज्यका
प्रहरीसँग
पनि
सहयोग
मागेको
थियो
।समिराको
गत
जेठ
२८
गते
हत्या
भएको
थियो
।
प्रहरीले
समिराको
हत्यामा
संलग्न
युवक
समातिएको
जानकारी
उनको
परिवारलार्इ
शनिबारै
दिइसकेको
छ
।