काठमाडौं,असार ५।ब्राजिलका स्ट्राइकर नेयमारले कोपा अमेरिकाका बाँकी खेलहरु गुमाउने भएका छन् । कोलम्बियाविरुद्धको खेलमा रातो कार्ड पाएका उनलाई चार खेलको प्रतिवन्ध लागेको छ । साथै १० हजार डलर जरिवाना तिर्नु पर्नेछ । ब्राजिल १–० ले पराजित भएपछि नेयमारले आक्रोसमा बल हान्दा कोलम्बियाका अर्मेरोलाई लागेको थियो । त्यही विवादमा रेफ्रीले नेयमार र कोलम्बियाका बाकाले रातो कार्ड पाएका थिए । सुरुमा उनलाई एक खेलको प्रतिवन्ध लगाइएको थियो । तर, दक्षिण अमेरिकी फुटबल महासंघले निर्णय पुनरावलोकनसँगै चार खेलको प्रतिवन्ध लगाएको छ । बाकालाई २ खेलको प्रतिवन्ध लगाइएको छ । दुबैलाई निर्णयविरुद्ध अपील गर्ने अधिकार छ ।