मुम्बई । राष्ट्रिय झण्डाको अपमान गरेको भन्दै अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चन बिरुद्ध अदालतमा उजुरी परेको छ । उजुरी गर्नेले राष्ट्रिय सम्मानको अपमान रोकथाम कानुन् १९७१ को धारा २ अनुसार कार्वाही हुनुपर्ने माग गरेका छन् ।

एक गैर सरकारी संस्था ‘मित्र’मा आबद्ध चेतन धिमनले बच्चन खान्दान बिरुद्ध उजुरी गरेका हुन् ।उजुरीमा उल्लेख भए अनुसार २३ अपि्रलमा अमिताभले पाकिस्तानको बिरुद्ध भारतीय क्रिकेट टिमले जितेको बेला भारीय झण्डाको अपमान गरेको आरोप लगाएका छन् ।

उनको आरोप अनुसार भारतले जितेको खुसीयालीमा अमिताभले जुहु स्थित आफ्नो निवासमा झण्डालाई कम्बरमा बाँधेर दर्शकलाई अभिवादन गरेका थिए ।त्यस्तै अभिषेकले पनि सन २०११ मा भएको खेलमा भारतले जित्दा आफ्नै निवासमा भारतीय झण्डा आफ्नो शरीरमा बेरेर प्रशंसकलाई अभिवादन गरेका थिए ।