काठमाडौं, आषाढ ४ ।तीनकुने पुलभन्दा उत्तरपट्टिको करिडोरमा बागमती नदी थुनिएको छ। बागमती नदी थुनिँदा तीनकुनेबासी त्रसित भएका छन्। ‘करिडोरमा बागमती ब्लक भएको हो। बिहानैदेखि सुरक्षाकर्मीले क्लियर गर्दैछन्’, महानगरीय प्रहरी वृत्त वानेश्वरका प्रहरी सहायक निरीक्षक देवराज निरौलाले भने, ‘हामी काम गरिरहेका छौं। केही समयपछि क्लियर हुन्छ होला।’ रातिदेखि थुनिएको बागमती अहिले केही बग्न थालेको उनले जानकारी दिए।