असार ३, एजेन्सी ।  कोपा अमेरिका कप फुटवलमा ब्रजिल कोलम्वियासँग पराजित भएको छ । समूह सीको केहीबेर अघि सम्पन्न खेलमा कोलम्वियाले पूर्व विजेता ब्रजिलविरुद्ध १–० को जित हात पारेको हो । कोलम्वियाका लागि मुरिलोले ३६ औं मिनेटमा गोल गरेका थिए । पहिलो खेलमा पेरुलाई पराजित गरेको ब्रजिललाई अर्को चरणमा पुग्ने आधार बनाउन जितको खाँचो भएपनि आजको हारले समूह सीको समीकरण खुल्ला भएको छ ।