काठमाडौं
असार
२
।
खरिद
गरिएका
६
करोड
आइरन
चक्की
गुणस्तर
जाँच
नभएको
भन्दै
भारतमा
थन्किएपछि
देशभर
दुई
महिनादेखि
यसको
अभाव
भएको
छ।
यसबाट
गर्भवती
र
सुत्केरी
महिलाको
स्वास्थ्य
जोखिममा
परेको
छ।
सरकारले
‘स्टेलिअन
ल्याब्रेटरी’
नामक
भारतीय
कम्पनीसँग
आइरन
चक्की
किन्न
अघिल्लो
वर्ष
सम्झौता
गरेको
थियो।
गुणस्तर
परीक्षण
गरी
नेपालमा
छिटो
आइरन
चक्की
पठाइदिन
सरकारले
उक्त
क
पनीसँग
ताकेता
गरिरहेको
छ।
आइरन
चक्की
खरिदको
मुख्य
जिम्मेवारी
पाएको
स्वास्थ्य
सेवा
विभाग,
आपूर्ति
व्यवस्था
महाशाखाका
प्रमुख
डा.
भीमसिंह
टिंकरीले
देशव्यापी
रूपमा
यसको
अभाव
भएको
स्वीकार
गरे।
‘अघिल्लो
वर्ष
खरिद
गरेको
६
करोड
आइरन
चक्की
आउन
बाँकी
भएकाले
‘ओभर
स्टक’
होला
भनेर
हामीले
यस
वर्ष
नयाँ
खरिद
प्रक्रिया
अगाडि
बढाएनौं’,
डा.
टिंकरीले
मंगलबार
अन्नपूर्णसँग
भने,
‘खरिद
गरिएको
आइरन
चक्कीको
गुणस्तर
जाँच
हुन
बाँकी
छ।
रिपोर्ट
आउनेबित्तिकै
आपूर्ति
सुरु
हुन्छ।’
‘हामीले
प्रयास
गर्दागर्दै
आइरन
चक्की
आउन
ढिलो
भएको
हो,
आपूर्तिकर्तालाई
छिटो
गर्न
भनिरहेको
छु’,
टिंकरीले
भने,
‘एकैपटक
धेरै
मात्रामा
खरिद
गर्नुपरेकाले
पनि
ढिला
भएको
हुनसक्छ।’
टिंकरीले
आइरन
चक्कीको
गुणस्तर
परीक्षण
प्रक्रिया
झन्झटिलो
र
धेरै
समय
लाग्ने
भएकाले
ढिला
भएको
बताए।
खरिद
गरिएको
आइरन
चक्की
१०
दिनभित्र
आइपुग्ने
उनले
दाबी
गरे।
तर
महाशाखाकै
एक
कर्मचारीले
भने,
‘उक्त
चक्की
गुणस्तर
जाँच
भएर
नेपाल
आउन
अझै
एक
महिना
लाग्छ।
आएर
गाउँगाउँ
पुग्न
अर्को
एक
महिना
कुर्नुपर्छ।
त्यतिन्जेल
सरकारी
स्वास्थ्य
संस्थामा
नियमित
जाँच
गराउन
आउने
गर्भवती
महिला
आइरन
चक्की
खानबाट
वञ्चित
हुन्छन्।’
देशभर आइरन चक्की अभावगर्भवती र सुत्केरीलाई समस्या
गुणस्तर जाँच नभएर नआएको दाबी
सरकारले
पहिलो
चरणमा
हस्पिटेक
फर्मामार्फत
एक
करोड
१२
लाख
रुपैयाँ
(प्रतिचक्की
५६
पैसा)
मूल्य
बराबरको
दुई
करोड
चक्की
आयात
गर्ने
तयारी
गरेको
छ।
समयमै
खरिद
गरे
पनि
गुणस्तर
जाँचमा
ढिलाइ
भएको
भन्दै
आपूर्ति
नगर्दा
देशव्यापी
रूपमा
आइरन
चक्की
अभाव
भएको
हो।
सरकारले
गर्भवती
र
सुत्केरी
महिलालाई
रक्त
अल्पताबाट
बचाउन
वर्षौंदेखि
उक्त
आइरन
चक्की
नि:शुल्क
वितरण
गर्दै
आएको
छ।
रक्तअल्पताबाट
बर्सेनि
हजारौं
महिलाले
ज्यान
गुमाइरहेका
छन्।
बारास्थित
केन्द्रीय
मेडिकल
स्टोर
कार्यालयमै
दुई
महिनादेखि
आइरन
चक्की
रित्तिएको
छ।
उक्त
स्टोरबाटै
मुलुकभरका
जिल्लामा
आइरन
चक्की
वितरण
हुँदै
आएको
थियो।
आइरन
चक्कीको
माग
गर्दै
अधिकांश
जिल्लाका
जनस्वास्थ्य
कार्यालय
र
अस्पतालबाट
पठाइएका
चिठी
थुप्रिएको
भन्दै
उक्त
कार्यालयले
आपूर्ति
व्यवस्था
महाशाखालाई
धमाधम
‘रिपोर्टिङ’
गर्न
थालेको
छ।
बर्सेनि
मुलुकभर
करिब
६
करोड
आइरन
चक्की
खपत
हुने
गरको
थियो।
यसअघि
‘स्टेलिअन
ल्याब्रेटरी’
भारतीय
कम्पनीसँगै
किनेको
आइरन
चक्की
गाउँमा
पुगेपछि
ढुसी
परेको
भेटिँदा
विवादमा
परेको
थियो।
त्यस
सम्बन्धमा
अख्तियार
दुरुपयोग
अनुसन्धान
आयोगले
छानबिनसमेत
गरेको
थियो।
‘स्वास्थ्य
मन्त्रालय
र
सम्बद्ध
निकायको
लापरबाहीले
यसपालि
पनि
आइरन
चक्की
अभाव
भयो’,
विभागका
एक
चिकित्सकले
भने,
‘खरिद
गरिएको
आइरन
चक्कीको
अहिलेसम्म
गुणस्तर
जाँच
नहुनु
दु:खद
हो।
गाउँमा
गर्भवती
महिला
आइरन
चक्की
नपाएर
छट्पटाइरहेका
छन्।’
डा.
टिंकरीले
तत्काललाई
अति
धेरै
माग
भएका
जिल्लामा
‘युनिसेफ’
ले
राहतस्वरूप
भूकम्प
प्रभावित
जिल्लामा
उपलब्ध
गराउन
लागेको
३०
लाख
आइरन
चक्कीमध्ये
सात
लाख
चक्की
मागेर
पठाउने
तयारी
भएको
जानकारी
दिए।
नेपालमा
हरेक
वर्ष
गर्भवती
हुने
सात
लाख
महिलामध्ये
७८
प्रतिशतलाई
गर्भावस्थामा
रक्तअल्पता
हुने
गरेको
छ।नियमित
खाने
आहारबाट
मात्र
आइरन
पूर्ति
नहुने
भएकाले
गर्भवती
र
सुत्केरी
महिलालाई
पूरक
पोषणका
रूपमा
आइरन
चक्की
दिइन्छ।