जेठ ३१ , काठमाडौं।मुलुकभर हिजादेखि मनसुन सुरु भएको छ । जुन १० तारिखदेखि सुरु हुनुपर्ने भएपनि ३ दिन ढिलो गरी शनिबारदेखि मनसुन सुरु भएको हो । मनसुन सुरु भएसँगै शनिबार विभिन्न ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।शनिबार धनगढी, भैरहवा, दाङ, पोखरा, हुम्ला, काठमाडौं, धनकुटा लगायतका ठाउँमा पानी परेको छ । केही दिनदेखि बढेको गर्मीले हप्हपी बनाएका ठाउँमा पानी परेसँगै शितल महसुस गरिएको छ । पूर्वी तराईमा दिउँसो पानी नपरे पनि राति पानी परेको छ । मौसमविद शान्ति कँडेलका अनुसार सक्रिय मनसुन सुरु हुन भने अझै केही दिन लाग्नेछ ।