लस एन्जेल्स, एजेन्सी । महान वैज्ञानिक अल्बर्ट आइन्सटाईनले सन् १९४५ मा लेखेको एउटा पत्र ६२ हजार ५ सय अमेरिकी डलर अर्थात् करिब ६२ लाख नेपाली रुपैयाँमा लिलामी भएको छ ।

आइन्सटाइनले यो पत्र आफ्ना छोरालाई लेखेका थिए । यो पत्रमा उनले सापेक्षताको सिद्धान्त र परमाणु बमबीचको सम्बन्धका बारेमा बताएका थिए । यो पत्रका विशेषता के छ भने पत्र लेखेकै समयमा जापानमा परमाणु बम खसालिएको थियो ।
प्रोफाइल्स इन हिस्ट्री भन्ने शीर्षकमा गत बिहिबार आइन्सटाइनका २७ वटा पत्रको लिलामी भएको थियो । यसबाट चार लाख बीस लाख डलर बराबरको आम्दानी भएको बताइन्छ । पहिचान गोप्य राख्न चाहने बिक्रेताले वर्षौं लगाएर यी पत्रहरु संकलन गरेको कार्यक्रमकी संस्थापक जासेफ म्याडलेनाले बताएको एजेन्सीले जनाएका छन् ।