३० जेठ, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित प्रसिद्ध तारे भीरमा शनिवार विहानैदेखि पहिरो गएपछि तारेभीर आसपका करीब २ सय परिवार बिस्थापित भएका छन् ।
पहिले बालुवा गाविसमा रहेको तारेभीर अहिले गोकर्णेश्वर नगरपालिकामा पर्छ । बालुवा गाविसका पूर्व अध्यक्ष उद्धब विष्टले आफूहरु पहिरो लगत्तै तारेभीरमा पुगेर स्थानीयलाई सुरक्षित स्थानमा सार्न लागेको अनलाइनखबरलाई बताए । वडा नम्बर ४ र ५ का करीव २ सय तामाङ परिवार पहिरोको जोखिममा परेको विष्टले बताए ।