काठमाडौं, २९ जेठ : अवदेखि खाडीका ६ मुलुक र मलेसियामा जाने नेपाली कामदारले १० हजार रुपैयाँ भन्दा बढी नतिर्नुपर्ने भएको छ । श्रम तथा रोजगार राज्यमन्त्रीस्तरीयबाट फ्रि भिषा, फ्रि टिकटबाहेकमा नेपाली कामदार नपठाउने निर्णय गरेको हो ।

“अव कामदारले म्यानपावर एजेन्सीलाई सेवा शूल्क बापत अधिकतम १० हजार रुपैयाँ तिरे पुग्छ” शुक्रवार पत्रकार सम्मेलनमा श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले भने, “यो पनि रोजगारदाता कम्पनीले नबेहोरेमात्र लिन पाइने हो ।” सरकारले न्यून लागत कार्यान्वयन गर्न श्रम तथा रोजगार मन्त्रालय अन्र्तगतका वैदेशिक रोजगार तथा अन्र्तराष्ट्रिय सम्बन्ध महाशाखा प्रमुखको संयोजकत्वमा अुनगमन समिति गठन गरेको छ । समितिले मन्त्रालयमार्फत कमजोरी सुधार गर्न र कारबाही गर्न विभागलाई निर्देशन दिन्छ ।

वैदेशिक रोजगार व्यवसायीले शून्य लागतमा माग घट्ने बताइरहेको बेला श्रमराज्यमन्त्री गुरुङले भने, “यो निर्णयबाट अहिलेको तुलनामा कामदारको माग घट्दैन किनकि नेपालीहरु इमान्दार, मेहनति छन्, रोजगारदाताले अन्य मुलुकको भन्दा नेपाललाई प्राथमिकता दिन्छन ।”

बहराइन, कतार, साउदी अरव, सयुक्त अरव इमिरेट्स, ओमन, कुवेत र मलेसियामा जाने कामदारको आउने जाने हवाईटिकट र भिषा खर्च रोजगारदाताले वेहोर्नुपर्छ, यो खर्च कामदारको पारिश्रमिकबाट कट्टा गर्न पाइदैन । “रोजगारदताले कामदारको लाग्ने खर्च सवै बेहोरिरहेको छ” राज्यमन्त्री गुरुङले भने, “यहाँका व्यवसायीबीच अस्वस्थ्य प्रतिस्पर्धा कै कारण विदेशी एजेन्टलाई कसिमन तिर्ने होडबाजीले गर्दा बढी तिर्ने रकम तिर्ने अवस्था आएको हो ।” फ्रि भिषा फ्रि टिकट कार्यान्वयन भएपछि म्यानपावर एजेन्सीले हुन्डी मार्फत अर्बाै रकम पैसा पठाउन बन्द हुनेछ ।