एजेन्सी जेठ २९ । एप्पलका उत्पादनहरु रुचाउनेका लागि खुशीको खबर रहेको छ। अब एप्पलका आइफोन र आइप्याड पहिले भन्दा सस्तो मूल्यमा किन्न पाइनेछ। किनकि एप्पल आइफोन बनाउने कम्पनी फक्सकनले भारतमा आइफोन बनाउन सक्नेछ। भारतका उच्च अधिकारीहरुले दिएको यो जानकारी अनुसार भारत फक्सकनलाई कम मूल्यमा आइफोन उत्पादन गर्ने सुविधा प्रदान गर्न सक्नेछ।
हाल फक्सकनले धेरैजसो आइफोनहरु चीनमा उत्पादन गरिरहेको छ। अधिकारीहरुका अनुसार भारतमै उत्पादन हुँदा आइफोनको मूल्यमा कमी आउने छ।
एक महिना भित्रमा फक्सकनले आफ्ना अपिसरहरुलाई भारत पठाउने र यसबारेमा थप छलफल गर्ने बताइएको छ।फक्सकनले भने सन् २०२० सम्ममा भारतमा १०-१२ वटा सुविधाहरु सुरु गर्नेमा केन्द्रित भएको बताएको छ। यस अन्तर्गत आइफोन उत्पादन र डाटा सेन्टर पनि पर्ने बताइएको छ। भारतमा एप्पलको १० प्रतिशत बजार शेयर रहेको बताइएको छ।
सुचना अनुसार कम्पनीले आन्तरिक र बाह्य बजारमा बेच्ने हिसाबले आइफोन र आइप्याडको निर्माण गर्न सक्नेछ। यी जानकारीहरु महाराष्ट्रका इन्डस्ट्रिज मन्त्री र  फक्सकन कम्पनीको तर्फबाट दिइएको हो। तर भारतका एप्पल प्रतिनिधीहरुले भने यो विषयमा केही बताएका छैनन्।