ग्वाल्टार
(सिन्धुली) जेठ
२९
।
:
विज्ञको
टोलीले
भूकम्पका
कारण
भग्नावशेष
बनेका
घरलगायतका
भौतिक
संरचना
तत्काल
हाटाउन
सुझाव
दिए
पनि
यहाँका
जोखिमयुक्त
घर
तत्काल
नहटाइने
भएको
छ।
जिल्लाका
अधिकांस
भूकम्प
पीडितले
भूकम्प
गएको
डेढ
महिना
बितिसक्दा
समेत
अस्थायी
टहरो
निर्माण
गर्न
सकेका
छैनन्।
यही
बेला
घर
तथा
भौतिक
संरचनाका
भग्नावशेष
हटाउने
सम्भावन
कम
भएको
हो।
तत्काल
भग्नावशेष
हटाउन
गाउँमा
पर्याप्त
जनशक्ती
नहुँदा
समस्या
भएको
हो।
यही
समयमा
अधिकांस
भूकम्प
पीडित
अस्थायी
टहरो
निर्माणसँगै
खेतीपातिमा
लागेका
कारण
पनि
भग्नावशेष
हटाउने
कार्यमा
ढिलाइ
भएको
हो।
जिल्लाका
करिब
४०
हजार
घरलगायतका
जोखिमयुक्त
भौतिक
संरचना
वर्षा
अघि
नै
भत्काउन
प्रविधिक
सहितको
विज्ञ
टोलीले
सुझाव
दिएको
छ।
त्यस्ता
संरचना
नजिकै
बसोवास
गर्दा
थप
दुर्घटना
निम्त्याउनसक्ने
खतरा
औल्याइएको
छ।
तर,
अस्थायी
घर
निर्माण
गर्दागर्दै
वर्षा
सुरु
हुन
थालेकोले
यस
वर्षको
वर्षा
अघि
जोखिमयुक्त
संरचना
हटाउन
नसकिने
भूकम्प
पीडितले
बताएका
छन्।
‘भूकम्प
गएको
एक
महिना
त्रास
र
राहतको
पर्खाइमै
बित्यो’,
जिल्लाको
भूकम्प
अति
प्रभाविति
गाविस
भुवनेश्वरीका
पुस्कर
बरालले
भने,
‘अब
आफै
बस्ने
अस्थायी
टहरो
निर्माण
गरेर
खेतीको
सिजन
पनि
बित्न
लागेको
छ।
खेतीपाती
गरेर
मात्रै
भदौतिर
घर
भत्काउने
सोचमा
छौं।’
गाउँमा
सबैको
घरमा
क्षति
पुगेको
छ।
सबै
आ-आफ्नो
टहरो
निर्माणमा
लागेका
छन्।
यिनीहरू
सबैको
खेती
गर्ने
समय
बितिरहेको
छ।
काम
गर्ने
मान्छे
नभेटिने
भएकाले
संरचना
हटाउन
मुस्किल
भएको
बरालले
भने।
भुवनेश्वरीकै
प्रविणकुमार
थापाले
भने,’अहिले
बचेको
सरसामान,
बालबच्चाको
सुरक्षाका
लागि
कटेरो
बनाउँने,
खेतीपाती
सकेपछि
वर्षापनि
कम
हुन्छ
त्यसपछि
मात्रै
चर्किएका
घरहरू
भत्काएर
पुन:
निर्माण
गर्ने
सोचमा
छु।’
अधिकांशको
त
घर
चर्केर
बस्न
नहुने
भए
पनि
अन्नपात,
लत्ताकपडा
लगायतका
सरसामान
थन्काउँने
ठाउँ
त्यसैलाई
बनाएकाले
तत्काल
घर
भत्काउन
समस्या
भएको
बताएका
छन्।
‘बाहिर
राख्यो
पानीले
भिज्ने
डर
हुन्छ,
चोरी
हुने
खतरा
छ’,
झाँगाझोली
रातमाटाका
लखनपुरका
मानबहादुर
किङरिङले
भने,’बरू
चर्केकै
घरभित्र
छाडेपछि
कुनै
तरिकाले
निकालौंला।’
झागाझोली
रातमाटामा
मात्र
एक
हजार
आठ
सय
४३
वटा
घरमा
क्षति
पुगेको
छ।
यी
घरलाई
प्राविधिकले
भत्काउन
सुझाव
दिएका
छन्।
‘भूकम्पले
घर
लग्यो,
घामले
मकै
बाली
लग्यो
अब
समयमा
धान
नरोप्ने
हो
भने
के
खाने?
समस्यामाथि
समस्या
भएको
छ’,
जलकन्याका
खड्गबहादुर
भुजेलले
भने,’घर
भत्काउँन
पनि
डरमर्नुको
अवस्था
छ
बरू
वर्षातपछि
भत्काउने
गरी
टेका
लगाएर
घर
अड्याएको
छु।’
कतिपयले
त
नगद
१५
हजार
नपाउँदै
घर
भत्काउँदा
त्यो
नपाइने
हो
कि
भन्ने
चिन्ता
समेत
व्यक्त
गरेका
छन्।
उनीहरूले
जनशक्ति
नहुँदा
जोखीम
घरहरू
भत्काउँदा
ज्यानै
जाने
खतरा
भएका
कारण
वर्षा
अघि
भत्काउनुभन्दा
त्यस्ता
संरचनादेखि
केही
टाढा
बस्ने
निष्कर्ष
निकालेका
छन्।
जिल्लाका
ढुंगामाटोले
बनेका
अधिकांश
घरहरू
वैशाख
१२
र
त्यस
यता
आएका
परकम्पनहरूले
क्षतिग्रष्त
बनेका
छन्।
अनुगमनका
क्रममा
जिल्लामा
४१
हजार
सात
सय
घर
जोखिमयुक्त
रहेको
भन्दै
त्यस्ता
घर
भत्काएर
पुनर्निर्माण
गर्न
सुझाव
दिइएको
छ।