२७ जेठ, काठमाडौं ।पूर्व मन्त्री तथा राप्रपा नेपालका नेता पद्मसुन्दर लावतीको ७६ वर्षको उमेरमा निधन भएको छ । काठमाण्डौको नर्भिक अस्पतालमा उपचारका क्रममा २७ जेठ विहान लावतीको निधन भएको उनकी बुहारी एवम् सभासद् बबिना लावती मोक्तानले जानकारी दिइन् । मृगौलासम्बन्धी समस्याका कारण गत २३ जेठमा नर्भिक अस्पतालमा भर्ना गरिएका लावतीको स्वास्थ जटिल वन्दै गएपछि २७ जेठ वुधवार विहानैबाट परिवारको अनुरोधमा उनलाई भेन्टिलेटरमा राखिएको उपचारमा संलग्न चिकित्सकले बताए । लावती मृगौलासम्बन्धी रोगका साथै रक्त अल्पता र श्वासप्रश्वास लगायतका समस्यावाट ग्रसित थिए । पञ्चायतदेखि प्रजातन्त्र पुनर्स्थापनापश्चात समेत पटक पटक गृह, प्रशासन र कृषिसहित विभिन्न मन्त्रालय सम्हालेका लावतीको जन्म ७ साउन १९९६ सालमा भएको थियोे । २०१४ सालमा विद्यार्थी अवस्थावाटै राजनीतिमा सक्रिय लावती २०१९ सालमा युवक संगठन अञ्चल सभापति, २०२१ सालमा यासोक गाँउ पञ्चायतको प्रधानपञ्च, २०२४ सालमा जिल्ला पञ्चायतको सदस्य, २०२९ सालमा उद्योग वाणिज्य राज्यमन्त्री हुँदै, स्वास्थ, खाद्य र गृह मन्त्रीका समेत भएका थिए ।