जेठ २७ – पहिलो एकदिवसीय खेलमा ईंग्ल्याण्डले न्युजिल्याण्ड विरुद्ध फराकिलो जित हात पारेको छ । ईंग्ल्याण्डको घरेलु मैदान वर्मिङहममा भएको खेलमा घरेलु टोलीले न्युजिल्याण्डलाई २ सय १० रनले पराजित गरेको हो । ईंग्ल्याण्डले दिएको ४ सय ९ रनको विसाल लक्ष्य पछ्याएको पाहुना टोली न्युजिल्याण्ड ३१ दशमलब १ ओभरमा मात्र १ सय ९८ रनमा समेटियो ।
न्युजिल्याण्डका लागि रोज टेलरले ५७ र केन विलियम्सले ४५ रन बनाउन बाहेक अन्य कुनै किवी ब्याट्सम्यान चल्न सकेनन् ।न्युजिल्याण्डलाई सस्तैमा समेट्न ईंग्ल्याण्डका स्टेफन फिन र अदिल रसिदले समान ४–४ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ईंग्ल्याण्डले निर्धारीत ५० ओभरमा ९ विकेट गुमाउदै ४ सय ८ रनको कीर्तिमानी रन बनाएको थियो । वन डे क्रिकेटमा ईंग्ल्याण्डकोयोनै सर्वाधिक रन हो । ईंग्ल्याण्डले यसअघि वन डे क्रिकेटमा ४ सयको आँकडा छुन सकेको थिएन् । ईंग्ल्याण्डको कीर्तिमानी योगफलमा जस बटलरले सर्वाधिक १ सय २९ र जोय रुटले १ सय ४ रन बनाए । त्यस्तै अदिल रसिदले ६९ र कप्तान इयान मोर्गनले पनि ५० रनको पारि खेले ।