मुगु
:
कर्णाली
अञ्चलमा
शुभ
कार्यमा
नाचिने
चम्फा
नाच
हराउन
थालेको
छ।
कर्णालीका
पाँचै
जिल्लामा
विवाह,
व्रतबन्धलगायत
अन्य
शुभ
कार्यमा
देखाइने
यो
नाच
आयातीत
गीत
तथा
नृत्यका
कारण
हराउँदै
गएको
हो।
चम्फा
नाचमा
गुन्यूचोलो
र
गरगहना
लगाई
एकजना
महिला
डोकोभित्रै
पसी
नाच्ने
गरिन्छ।
डोकोको
एकातिर
महिला
अर्कोतिर
पुरुष
बसेर
पाँचछ
घन्टासम्म
नाच्ने
गरिन्छ।
अहिले
हिन्दी
र
पप
गीतले
यो
नाच
हराउँदै
गएको
स्थानीय
अगुवा
लोकजंग
मल्ल
बताउँछन्।
भगवान्
राम
र
सीताको
विवाहका
बेला
सीतालाई
घर
अन्माउँदा
रामकी
सौतेनी
आमा
रिसले
चुर
भएपछि
राजा
दशरथले
ती
रानीलाई
खुसी
पार्न
चम्फा
नाच
देखाउन
लगाएको
बताइन्छ।
यो नाच अतिथिलाई मनोरञ्जन दिन र शुभ तथा मंगलकार्यमा नाच्ने प्रचलन थियो। आफ्नो संस्कृति बिर्सिई आयातीत संस्कृतिमा युवापुस्ता रमाउन थालेकाले यो नाच संकटमा परेको कार्कीबाडाका ८४ वर्षीय बौदे भाम बताउँछन्। कर्णालीका हुड्के, दमाह, देउडा, झोडा, मंगल गानजस्ता नाच पनि कम प्रचलनमा छन्।