कृषि विकास बैंक नेपाल वित्तीय संस्थाकर्मचारी संघले भूकम्प पीडितलाई ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।

बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पका पीडितलाई राहत उपलब्ध गराउन सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा संघले चेक मार्फत रकम जम्मा गराएको हो ।

कृषि विकास बैंक नेपाल वित्तीय संस्था कर्मचारी संघको २२ गते बसेको बैठकको निर्णय अनुसार संस्थागत रुपमा भूकम्प पीडितलाई यस्तो सहयोग गरिएको संघका अध्यक्ष सरोज महतले जानकारी दिए ।

संघले बैंक व्यवस्थापन सँग पनि आर्थिक अनुदान दिलाउन पहल गर्ने संघका अध्यक्ष सरोज महतले जानकारी दिए । संघले मंगलबार विज्ञप्ति जारी गरेर कृषि विकास बैंकमा रहेका अन्य युनियनहरु र बैंकमा कार्यरत सम्पूर्ण कर्मचारी साथिहरुलाई भूकम्पबाट पीडितहरुको उद्धार र राहतमा जुट्न अपिल समेत गरेको छ ।