रौतहट, जेष्ठ १७ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १३ पडहरियामा गए राति एम्बुलेन्स र ट्रक एक आपसमा ठोक्किंदा तीन जनाको मृत्यु भएको छ ।एम्बुलेन्स चालक चन्द्रनिगाहपुर निबासी सुरेस बिश्वकर्मा, हमिबुल खातुन र उनको नबजात शिशुको मृत्यु भएको हो ।दुर्घटनामा परी घाइते भएका चन्द्रनिगाहपुरकैसमुन्द्र बिश्वकर्मा र रोक्सना खातुनको भने बीरगंजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।बीरगंजबाट नबजात शिशु सहित सुत्केरी महिला हमिबुल खातुनलाई घर पुर्‍याउन जाने क्रममा एम्बुलेन्स गौर बाट चपुर आउंदै गरेको ना २ ख ९८९८ नम्बरको ट्रकसंग ठोकिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।