एजेन्सी, जेठ १६ । सेप ब्लाटर पाँचौ पटक फुटबलको अन्तर्राष्टिय संस्था फिफाको अध्यक्ष बनेका छन । शुक्रवार भएको चुनावमा ब्लाटर पाँचौ कार्यकालका लागि विश्व फुटबल महासंघ फिफाको अध्यक्ष बनेका हुन । उनीसंग जोर्डका राजकुमार अलि बिन अलहुसेन प्रतिस्पर्धामा थिए । पहिलो चरणमा भएको मतदानले कुनै एकलाई चुन्न सकेको थिएन । दोस्रो चरणको मतदानअघि जोर्डनी राजकुमारले आफ्नो उम्मेदवारी फिर्तालिएसंगै ब्लाटर फिफाको अध्यक्ष बनेका हुन ।
फिफाको चुनाव जित्नका लागि कुल मतको दुई तिहाई आवश्यक हुन्छ । ब्लाटरले पहिलो चरणमा १ सय ४० मत प्राप्त गरेका थिए । उनले दुई तिहाई मत प्राप्त गर्न जम्मा सात मत ल्याउनु पर्ने देखिएको थियो । जोर्डनी राजकुमारले आफ्नो पराजय देखेर ब्लाटरलाई समर्थन गरेका हुन । चुनाव जितेसंगै ब्लाटरले फिफासंग जोडिएका विवादहरु अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन ।