म्याड्रिड, जेठ १५ । केही समयअघि रसियन सुपरमोडल इरिना सायेकसँगको प्रेमसम्बन्धको अन्त्य गरेका रियल म्याड्रिडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले नयाँ प्रमिका पाएका छन् । अन्य केटीहरुसँग लागेको आरोपमा पाँच महिनाअघि २९ वर्षीया इरिनाले रोनाल्डोलाई छाडेकी थिइन् ।

बेलायती अनलाइन मिररका अनुसार यतिबेला रोनाल्डो यतिबेला अलेसिया टिडेसीसँग सम्बन्धमा रहेका छन् । २४ वर्षीया मोडलले युभेन्टससँगको हारपछि क्रिस्टियानो रोनाल्डोलाई सान्तवनासमेत दिएकी थिइन् ।

इटालियन पत्रिकाका अनुसार सन् २०११ को मिस इटालीको फाइनलिस्ट समेत रहेकी अलेसियालाई रोनाल्डोले म्याड्रिड बोलाएका थिए र दुवैले सँगै रात समेत बिताएका थिए ।

एलिसियाले म्याड्रिडमा भएको धेरै तस्विरहरु आफ्नो इन्स्टाग्राममा पोस्ट गरेकी छिन् ।

उता, इरिना भने हलिवुड स्टार ब्राड्ली कुपरसँग डेटिङ गरिरहेकी छिन् । हालैमात्र दुवैलाई न्युयोर्कका सडकमा चुम्बन गरिरहेको अवस्थामा भेटिएको थियो ।