बिन्ती
नरोउ
आकाश,
धर्तीमै
आँसु
सुकेका
छैनन्
अझै
तिम्रा
आँसुले
पग्लिनेछिन्
धर्ती
माता,
र
बग्नेछन्
कति
खुसी
अनि
सपनाहरु,
टुटाउँदै
सारा
विश्वासका
कडीहरु
।
भैगो
नरोउ
आकाश,
बाँच्न
देउ
बरु
कठ्यांग्रिएका
मुटुलाई
अब
त
आशाका
किरण
छर्ने
बेला
पो
भइसक्यो,
अब
त
नयाँ
फूल
फुलाउने
बेला
पो
भइसक्यो
बरु
चन्द्रमाको
शीतलता
छरिदेउ
बिहानीको
घाम
झुल्काइदेउ
तर
बिन्ती
नरोउ
आकाश,
तिमी
रुँदा
फेरि
दुख्छन्
ती
पिल्सिएका
मुटुहरु
तिमी
रुँदा
फेरि
भक्कानिन्छन्
ती
मनहरु
।