काठमाडौं १४ जेठ । जिल्ला शिक्षा कार्यालयको स्थलगत अवलोकन एंव जाँच पश्चात् राजश्री गुरुकुलको भौतिक संरचनामा कुनै क्षति नभएको अनुमोदन गरी विद्यालयलाई सुरक्षित प्रमाण स्वरुप हरियो स्टिकर प्रदान गरिएको छ ।
कार्यालयले गरेको जाँच पछि राजश्री गुरुकुल पूर्ण रुपले सुचारु योग्य रहेको विद्यालयका सञ्चालन प्रबन्धक श्री दिनेश भुषालले जानकारी दिएका छन् । त्यसै गरी विद्यालयले नियमित काम कारबाही एंव कक्षाहरु यहि जेष्ठ १७ गते आइतबारबाट सुचारु गर्ने जानकारी दिदै अभिभावक वर्गलाई आफ्नो बाल–बालिकाहरु विद्यालय पठाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछ ।