जेठ १४, काठमाडौं ।
अखिल नेपाल फुटवल संघ एन्फाले कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठलाई बञ्चित गराउँदै केन्द्रिय सदस्यलाई फिफाको निर्वाचनमा भाग लिन पठाएको छ । एन्फाको तर्फबाट भोट गर्न केन्द्रिय सदस्य बसन्त अर्याललाई पठाइएको छ । २०५२ सालमा अध्यक्ष भएयता फिफाको निर्वाचनमा भाग लिएका गणेश थापा फुटवल गतिविधिबाट अलग रहेको सन्दर्भमा कार्यवाहक अध्यक्षको साटो केन्द्रिय सदस्यलाई पठाइएको हो ।

एन्फा स्रोतका अनुसार, फिफाको मतदानमा पठाइएका अर्याल जिम्मेवारीबाट अलग रहेका थापा निकट मानिन्छन् । निर्वाचन भाग लिन जाँदा फिफा पदाधिकारीसँग सम्वन्ध रहन सक्ने भएकाले कार्यवाहक अध्यक्ष श्रेष्ठको स्थानमा मर्यादा क्रममा तल रहेका केन्द्रिय सदस्यलाई पठाइएको हुन सक्ने बताइन्छ ।