जेष्ठ १४ बिहीवार: निजी तथा आवासीय विद्यालयहरुको अर्गनाइजेसन नेपाल (प्याब्सन) ले बिदाको अवधिको शूल्क मिनाहा गर्न नसकिने स्पष्ट पारेको छ । अभिभावकले भूकम्पपछि एक महिना विद्यालय बन्द भएकाले सो अवधिको शूल्क मिनाहा गर्न गरेको आग्रहमा प्याब्सनले सो अवधिमा शिक्षकको तलव र घरभाडा तिर्नुपर्ने भएकाले बिदाको पनि शूल्क मिनाहा गर्न नसकिने स्पष्ट पारेको हो ।

राधानीमा बुधबार पत्रकार सम्मेलननै आयोजना गरेर प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले भूकम्पले ५ सय निजी विद्यालयमा क्षति पुगेको बताए । जेठ १७ गतेबाट विद्यालय सञ्चालन गर्ने उनले बताए ।केसीले भूकम्पले निजी विद्यालयमा करिब १० अर्ब बराबरको भौतिक क्षति पुर्याएको बताए । उनले एक हप्तासम्म बालबालिकामाथि परेको मनोवैज्ञानिक असरको अध्ययन गरी मनोवैज्ञानिक त्रास न्यूनीकरणका लागि मनोवैज्ञानिक एवम् मनोचिकित्सकको सल्लाह अनुसार भूकम्पको त्रास कम गर्ने कक्षा सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए ।