एजेन्सी, १४ जेठ ।
गर्मीले दक्षिण भारतका आन्ध्र प्रदेश, तलंगनालगायत राज्यमा दिनहुँ सर्वसाधारणको मृत्यु हुनेक्रम बढेको छ ।
दक्षिण भारतमा मात्र गर्मीकै कारण एक सातामा ९ सयभन्दा बढीको मृत्यु भएको मौसम विज्ञान विभागसंवद्द अधिकारीले बताएका छन् ।
पश्चिम बंगाल र उडिसामा यो साता दुई दर्जनभन्दा बढीको मृत्यु भएको छ । अन्तर्राष्टिय समाचार संस्थाहरुका अनुसार आन्ध्र प्रदेशसहितका दक्षिणी राज्यमा दिउँसो ११ देखि ४ बजेसम्म कतिपय निर्माण कम्पनी र उद्योगधन्दामा काम गर्न बन्देज लगाइएको छ ।

अधिकतम तापक्रम ५० डिग्रीसम्म पुगेपछि स्थानीय सरकारले विभिन्न ठाउँमा खानेपानीको सुलभ सुविधा तथा उपचार केन्द्रसमेत स्थापना गरेका छन् ।