जेष्ठ १४ मुम्बई । एक उपन्यासकार कपील ईशापुरीले साहित्य चोरीको आरोपमा हालेको मुद्दामा दिल्ली उच्च अदालतले अमिर खानको सुपरहिट फिल्म ‘पीके’ का निर्माता विधु विनोद चोपडा, निर्देशक राजकुरमार हिरानी, उनको उत्पादन कम्पनी र पटकथाकार अभिजात जोशीविरुद्ध नोटिस जारी गरेको छ ।सन् २०१३ मा मा प्रकाशित आफ्नो हिन्दी पुस्तक ‘फरिश्ता’ बाट पात्र र दृश्य जोरी गरेको आरोपमा साहित्यकारले दायर गरेको निवेदनमा जवाफ लिनका लागि नोटिस जारी गरेको हो ।न्यायधीस नाजमी वजीरीले निर्माता विधु विनोद चोपडा र निर्माता निर्देशक राजकुमार हिरानीविरुद्ध जोटिस जारी गर्दै निवेदनमाथि जवाफ दिन निर्देशन दिएका छन् ।
इशापुरीले आफ्नो उपन्यासमा पाखण्डी बाबाजीहरु, अन्धविश्वास र धर्मलाई पेशा बनाउने प्रवृत्तिको आलोचना गरेका छन् । उनले फिल्म उठाएका विभिन्न मुद्दामाथि आफ्नो पुस्तकबाट नक्कल गरेको दावी गरेका छन् ।