जेष्ठ १४ बिहीवार: बैशाखका दुई ठूला भूकम्पयता परकम्पन जाने क्रम जारी छ । बिहीबार बिहानै चारवटा परकम्पन गएका छन् । बिहान ३ बजेदेखि साढे ५ बजेको बीचमा ४ वटा धक्का महसुस भएको हो ।
बिहान ३ बजेर ७ मिनेटमा गोरखा र धादिङको सिमाना भएको ४ म्याग्निच्यूटको परकम्पन गएको थियो ।
त्यसैगरी बिहीबार बिहानै ३ बजेर ४० मिनेटमा पुनः गोरखा र धादिङ केन्द्र भएको ४ म्याग्निच्यूटको धक्का महसुस भयो ।
त्यसपछि ५ बजेर १२ मिनेटका अर्को परकम्पन गयो । ४ म्याग्निच्यूटको यो परकम्पनको केन्द्रबिन्दु काठमाडौं उपत्यकामा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
त्यसलगत्तै ५ बजेर ५ बजेर २९ मिनेटमा दोलखा केन्द्रबिन्दु भएको ४.२ म्याग्निच्युटको अर्को भूकम्पको धक्का महुसस  भएको थियो।