१३ जेठ, रसुवा ।
बैशाख १२ र २९ गतेको भूकम्पपछि रसुवामा हराइरहेका २ सय ५७ जना अझै भेटिएका छैनन् । हराएकामध्ये ७० जना लाङटाङका स्थानीय बासिन्दा हुन् ।
पर्यटकीय क्षेत्र लाङटाङमा घुम्न गएका ३० जना विदेशी पर्यटक, गाईड तथा भरीया र त्रिशुली ए जलविद्युत आयोजनामा कार्यरत मजदुरहरुको अझै पत्तो लाग्न नसकेको रसुवाका प्रहरी नायब निरीक्षक प्रविन पोखरेलले जानकारी दिए । उनीहरु जिवित वा मृत कुन अवस्थामा छन् भन्ने वारे थाहा हुन सकेको छैन ।उद्धारकर्ताको टोलीले लाङटाङ क्षेत्रमा अहिले पनि खोजीकार्य रोकेको छ । उनका अनुसार रसुवामा भुकम्पबाट अति जोखिममा रहेका ४ वटा गाविसका बासिन्दालाई अन्यत्र सारिएको छ । अधिकाँस मानिसहरु पहिरोमा पुरिएको हुनसक्ने आशँका गरिएको छ ।