जेठ १२, काठमाडौं ।
शक्तिशाली भूकम्प गएको आज एक महिना पुगेको छ । गत बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मुलुकमा ठुलो मात्रामा जनधनको क्षति भएको छ । भूकम्पपछि गएका शक्तिशाली परकम्पनका कारण मुलुकले थप क्षति व्यहोर्नुपरेको छ ।
गोरखालाई केन्द्रविन्दु बनाएर गएको ७ दशमलव ६ म्याग्निच्युडको भुकम्प र २९ गते दोलखालाई केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ८ म्याीग्नच्युड र त्यपछि लगातारको परकम्पका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या ८ हजार ६ सय ६४ पुगेको छ । प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार २१ हजार ९ सय ५४ घाइते भएका छन् ।
मत्यु भएका मध्ये ८ हजार ६ सय ३० जनाको शव आफन्तलाई बुझाइएको छ भने ४ हजार ८ सय ७७ जना विभिन्न स्थानमा उपचार भइरहेको छ । अझै पनि १ सय ९८ जना नेपाली र ८० जना विदेशी नागरिक बेपत्ता रहेका छन् । भुकम्पले ४ लाख ७० हजार ९ सय ९१ वटा भौतिक संरचनामा पूर्ण तथा आंशिक क्षती पुर्याएको प्रहरीको तथ्यांक छ ।